Kathmandu Press

जापानमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी

जापानमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी

जापान, २० असार : जापानमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ।

पहिरो गएको पहाडी क्षेत्रमा आइतबार पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन्। 

पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने अरु १० जनालाई घटनास्थलबाट उद्धार गरिएको छ। 

जापानको मध्य क्षेत्रमा पर्ने अतामीमा भएको घटनामा परी अरु २० जना अझै पनि हराइरहेको अधिकारीहरुले जनाएका छन्। 

स्थानीय सरकारी अधिकारीहरुले खोजी कार्य जारी रहेपनि बेपत्ता भएकाहरु जीवितै भेटिने संभावना कम रहेको बताएका छन्। 

अत्यधिक वर्षासँगै शनिबार बिहान भिषण पहिरो गएको थियो। घटनाप्रति प्रधानमन्त्री योशिहिडे सुगाले दुःख व्यक्त गरेका छन्। उनले खोजी तथा उद्धार र राहतका कार्यका लागि कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिएका छन्।

प्रकाशित मिति: १५:२८ बजे, आइतबार, असार २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्