Kathmandu Press

आणविक ऊर्जा एजेन्सीका उपप्रमुखले इरानको भ्रमण गर्ने

भियना, २० असार : राष्ट्रसंघीय आणविक ऊर्जा एजेन्सी (आइएईए) का उपमहानिर्देशक मास्सिमो अपारोले अर्को साता इरानको भ्रमण गर्ने भएका छन् ।  आइएईएलाई इरानी आणविक...
आणविक ऊर्जा एजेन्सीका उपप्रमुखले इरानको भ्रमण गर्ने

भियना, २० असार : राष्ट्रसंघीय आणविक ऊर्जा एजेन्सी (आइएईए) का उपमहानिर्देशक मास्सिमो अपारोले अर्को साता इरानको भ्रमण गर्ने भएका छन् ।  

आइएईएलाई इरानी आणविक कार्यक्रमको सुपरीवेक्षणका लागि अबरोध उत्पन्न भएपछि पहिलो पटक उपमहानिर्देशक त्यसतर्फ जान लागेका हुन्।

Hardik ivf

राष्ट्रसंघको भियना कार्यालयका लागि इरानका राजदूत काजिम घारीबाबाडीले ट्वीटर मार्फत यस्तो घोषणा गरेका हुन्। उनले आणविक एजेन्सीसँग भएको सम्झौता बमोजिम एजेन्सीले अनुगमन गर्ने र निरन्तर एजेन्सीको सम्पर्कमा इरान रहेको पनि बताए।

युरोपको एक कुटनीतिक स्रोतले पनि आइएईएका उपमहानिर्देशक अपारोले इरान भ्रमण गर्न लाग्नु भएको पुष्टि गरेको छ। इरानको नटान्ज आणविक प्रशोधन केन्द्रमा प्रयोग गरिएका सेन्ट्रीफ्युजको अवस्थाका बारेमा अनुगमनकर्तालाई पूर्ण पहुँच दिएको छ छैन भन्ने बारेमा उपमहानिर्देशकले जानकारी लिनेछन्। 

गत अप्रिल ११ मा नटान्ज आणविक केन्द्रमा विस्फोट भएसँगै इरानले आइएईएको पहुँचलाई सीमित गरेको छ। तर आगामी केही दिनभित्रै राष्ट्रसंघीय अनुगमनकर्ताहरुलाई पूर्ण पहुँच दिइने स्रोतको भनाइ छ।

इरानले बिस्फोटका लागि इजरायलमाथि दोषारोपण गरिरहेको छ।

आइएईएका प्रवक्ताले इरानी आणविक कार्यक्रमको अनुगमनको सिलसिलामा उपमहानिर्देशक अपारोले नियमित अन्तरालमा इरानको भ्रमण गरिरहेको बताएका छन्।
 

प्रकाशित मिति: १५:१६ बजे, आइतबार, असार २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्