Kathmandu Press

रोजगार सिर्जना गर्न कृषि र उद्योगमै विज्ञकाे जोड

काठमाडौं, असार १७ : रोजगारी बढाउन कृषि र उद्योगमा जोड दिनु पर्ने विज्ञहरूले बताएका छन्। श्रम, रोजगार तथा  सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेक....

रोजगार सिर्जना गर्न कृषि र उद्योगमै विज्ञकाे जोड

काठमाडौं, असार १७ : रोजगारी बढाउन कृषि र उद्योगमा जोड दिनु पर्ने विज्ञहरूले बताएका छन्। श्रम, रोजगार तथा  सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको दुई दिने रोजगार सम्मेलनका सहभागीले आन्तरिक रोजगार प्रबर्द्धन गर्नुपर्ने बताए।

रोजगारसम्बन्धी छलफलमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले नीति र श्रमिक ऐनमा परिवर्तन ल्याउन सके सबैभन्दा बढी रोजगार उद्योग क्षेत्रमै हुने बताइन्।

अर्थशास्त्री डिल्लीराज खनालले तीनै तहका सरकारले कृषि आधुनिकीकरणमा ध्यान नदिए अहिलेभन्दा बेरोजगारको संख्या झनै बढ्ने बताए। रोजगारदाता र श्रमिकका बीचको तिक्तता घटाउनु पर्ने र श्रमको मूल्यमा ध्यान दिनुपर्ने बताए।

उद्योग परिसंघ नेपालका अध्यक्ष हरिभक्त शर्माले नेपालको नीति छिमेकी मुलुक चीण्न र भारतभन्दा पनि राम्रो भएको बताउँदै कार्यान्वयन पक्ष कमजोर भएको औल्याए। जसका कारण रोजगारका क्षेत्रमा देशले समस्या सामना गर्नु परिरहेको उनको भनाइ थियो।

त्यस्तै, ‘संस्कृति र  कामदारको मर्यादा’ सम्बन्धी बहसमा बोल्दै सासंद विन्दा  पाण्डेले युवा पलायन रोक्नु पर्ने बताइन्। ‘सानु काम र ठूलो काम भनेर सोच्ने हाम्रो मानसिकतामा नै बदल्नु जरुरी छ,’ पाण्डेले भनिन्।

खालीसिसि कम्पनीकी संस्थापक आयुसी केशीले काम सानो र ठूलो भनेर छुट्याउने र हेप्ने प्रवृति संस्कारकै कारण युवा देशमा काम गर्न रुचि नराख्ने गरेको बताइन्।

उद्यमी तिलचन्द्र भट्टराईले नेपालमा काम गरेर बिहान बेलुका छाक टार्नै नपुग्ने पारिश्रमिक पाउने अवस्था रहेकाले रोजिरोटीकै लागि युवा विदेश पलायन हुने क्रम बढ्दै गएको बताए।

यसैगरी, ‘अहिलेको प्रविधिमा रोजगारको सम्भावना र चुनौति’बारेको बसहमा क्यान उपाध्यक्ष सुनैना पाण्डेले प्रविधिलाई विकाससँग जोड्नु पर्ने बताइन्। उनले प्रविधि क्षेत्रमै दुई लाखसम्म रोजगारी सिर्जना गर्न सकिने बताइएन्।

दुई दिने श्रम सम्मेलनबारे टिप्पणी गदै पूर्णचन्द्र भट्टाईले सम्मेलनले दिएका सुझावमा टेकेर आन्तरिक रोजगार प्रबद्र्धन गर्नु पर्ने बताए। तत्काल श्रम ऐन परिमार्जन गर्नुपर्ने, प्राविधिक शिक्षा, कृषि प्रणालीलाई आधुनिकीकरण गर्नुपर्ने बताए।

प्रकाशित मिति: १४:१६ बजे, मंगलबार, असार १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्