Kathmandu Press

डोटीका ६ वटा स्वास्थचौकीमा स्वास्थ्य सामग्री वितरण

डोटी, असार २० : बोधिसत्व बिहार काठमाडौंले यहाँका छ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरेको छ। सानागाउँ, लडागडा, मौवा नगरदह, सायल, तिखा र खातिवडा...
डोटीका ६ वटा स्वास्थचौकीमा स्वास्थ्य सामग्री वितरण

डोटी, असार २० : बोधिसत्व बिहार काठमाडौंले यहाँका छ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरेको छ। 

सानागाउँ, लडागडा, मौवा नगरदह, सायल, तिखा र खातिवडा स्वास्थचौकीमा कोरोना रोकथाम तथा उपचारमा आवश्यक स्वास्थ सामग्री वितरण गरिएको हो।

ती स्वास्थ्य सामग्रीमा अक्सिजन, पिपिई, मास्क फेससिल्ड र स्यानिटाइजर लगायतका रहेका छन् । धनगढीदेखि स्वास्थ्य संस्थासम्म ती सामग्री  ढुवानी गर्न नेपाली कांग्रेसका नेता लक्ष्मण खड्काले सहयोग गरेको बताइएको छ। 

उनले जिल्लाका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयमा १० हजार सर्जिकल मास्क, स्वास्थ्य सामग्री तथा कोभिडबाट मृत्यु भएका तीन जनाको परिवारलाई तीन क्विन्टल चामलसमेत वितरण गरेका छन्। 

बोधिसत्व बिहार काठमाडौंले जिल्लाका बडिकेदार र जोरायल गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा पनि स्वास्थ्य सामग्री वितरण गरिएको सामाजिक अगुवा जागृति बोगटीले जानकारी दिइन्।

प्रकाशित मिति: १२:१८ बजे, आइतबार, असार २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्