बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, १० घाइते

धनगढी, असार २० : बैतडीमा जीप दुर्घटना भएको छ । आइतबार बिहान बैतडीको सिगास गाउँपालिका–३ लगनमा से १ ज ७३९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
दुर्घटनामा परेर मृत्यु हुनेमा सिगास गाउँपालिका–३ का ४५a वर्षीय मान सिंह सावद र ६४ वर्षीय राम सिंह धामीरहेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरुमध्ये ४ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने काम भइरहेको छ।
जीप सडकबाट झण्डै ५० मिटर तल खसेको बताइएको छ ।
प्रकाशित मिति: ११:५० बजे, आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











