Kathmandu Press

पर्वतका एक पुरुष छ दिनदेखि बेपत्ता

पर्वत, असार २० : पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका एक पुरुष विगत छ दिनदेखि सम्पर्कविहीन भएका छन्। स्थानीयवासी ६७ वर्षीय बालकृष्ण विक गत aअसार १५...
पर्वतका एक पुरुष छ दिनदेखि बेपत्ता

पर्वत, असार २० : पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका एक पुरुष विगत छ दिनदेखि सम्पर्कविहीन भएका छन्। 

स्थानीयवासी ६७ वर्षीय बालकृष्ण विक गत aअसार १५ गतेदेखि सम्पर्कविहीन भएका हुन्। श्रीमान–श्रीमती मात्रै बस्दै आएका उनीहरूबीच असार १४ गते सामान्य घर झगडा भएको थियो । भोलिपल्ट १५ गते रोपाइँ गर्नका लागि बालकृष्णले खेताला पनि खोजेका थिए। बिहान करिब ८ बजेतिर घरबाट निस्किएका उनी अहिलेसम्म पनि कसैको सम्पर्कमा नआएको स्थानीयवासी शिक्षक सुरेन्द्र शर्मा गौतमले जानकारी दिए।

‘उहाँ मिजासिलो र खुशी देखिने मान्छे १५ गते बिहान घरबाट निस्कनुभएको रहेछ । झगडाको रिस मरेपछि घर फर्किनुहोला नि भनेको अहिलेसम्म पनि आउनुभएको छैन,’ शिक्षक गौतमले भने, ‘छोरा विदेशमा र बुहारी पोखरामा हुनुहुन्छ । घरमा रहनुभएकी उहाँकी श्रीमतीलाई समस्या भएको छ ।’

कसैले कुश्मा नगरपालिकाको दोबिल्लास्थित सन्तोषचोकमा देखेको बताएको भए पनि उहाँ कता जानुभयो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बालकृष्ण बेपत्ता रहेको र खोजी गरिदिन भनी परिवारको तर्फबाट निवेदन आएलगत्तै खोजी भइरहेको भए पनि उनको अवस्थाबारे पत्ता लाग्न नसकेको बताए। रासस

प्रकाशित मिति: १०:४३ बजे, आइतबार, असार २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्