Kathmandu Press

टिप्परको ठक्करबाट दुई युवकको मृत्यु

टिप्परको ठक्करबाट दुई युवकको मृत्यु

काठमाडौं, असार २० : काठमाडौंमा टिप्परको ठक्करबाट दुई युवकको मृत्यु भएको छ। 

काठमाडौंको टोखा नगरपालिकामा गएराति पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिप्परको ठक्करबाट प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकलका चालक नुवाकोटको बेलकोट नगरपालिका–६ का २६ वर्षका सन्तोष अधिकारी र मोटरसाइकलको पछाडि बस्ने त्यही ठाउँका २२ वर्षका दिपेश थापाको  मृत्यु भएको हो।

उनीहरूको घटनास्थलमा नै ज्यान गएको काठमाडौं ट्राफिक प्रहरी जनाएको छ।

तीन जना सवार मोटरसाइकलमा पछाडि बस्ने ३० वर्षका सागर खतिवडा घाइते भएका छन्। उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति: ०८:५७ बजे, आइतबार, असार २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्