मुख्यमन्त्री पौडेल चीनको लाम्झाउ प्रस्थान
हेटौडा, असार १७ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको एक प्रतिनिधिमण्डल मित्रराष्ट्र चीनको गान्सु प्रान्तका गर्भनरको निमन्त्रणामा आज त्यसत....
हेटौडा, असार १७ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको एक प्रतिनिधिमण्डल मित्रराष्ट्र चीनको गान्सु प्रान्तका गर्भनरको निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेको छ।
चीनको लाम्झाउ शहरमा यहि असार १९ देखि २३ गतेसम्म आयोजना हुने ‘पच्चीसौँ चाइना लाम्झाउ इन्भेष्टमेन्ट ट्रेड फेयर’को उद्घाटन समारोहमा सहभागी हुन उनी चीन प्रस्थान गरेका हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, मुख्यमन्त्री पौडेलका साथमा उनकी पत्नी विजया पौडेल, प्रदेशसभाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक राधा घले, सत्तारुढ नेकपाका जुनेली श्रेष्ठ, कञ्चन खनाल एवं मुख्यमन्त्री कार्यालयका उच्च अधिकृतसहित सात पदाधिकारी सो प्रतिनिधिमण्डलमा सहभागी रहेका छन्।