Kathmandu Press

बेपत्ता भएको २३ दिनपछि शव फेला

डोटी, असार १९ : गत जेठ २८ गते घरबाट एकाएक बेपत्ता भएका शिखर नगरपालिका–४ गरुडी बस्ने २७ वर्षीय टीकाराम भट्टको शव फेला परेको छ...
बेपत्ता भएको २३ दिनपछि शव फेला

डोटी, असार १९ : गत जेठ २८ गते घरबाट एकाएक बेपत्ता भएका शिखर नगरपालिका–४ गरुडी बस्ने २७ वर्षीय टीकाराम भट्टको शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दाफँटका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार घरबाटै हराएका भट्टको शव २३ दिनपछि आज शिखर नरपालिका–६ मा रहेको खनकट्टे सामुदायिक वनको भुरीइजरमा भेटिएको हो।

भट्टको शव सडेको अवस्थामा गोरु गोठालाले भेटेका थिए । घटनाबारे जानकारी प्राप्त भएलगतै प्रहरी घटना स्थलमा पुगी आवश्यक मुचुल्का तयार पारीरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । उनका अनुसार घटनाका विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । 

भट्टले लगाएको लुगा, खल्तीमा भएको फोटो र मोबाइल फोनका आधारमा आफन्तले शवको पहिचान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 

प्रकाशित मिति: १७:४४ बजे, शनिबार, असार १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्