२४ किलो गाँजासहित एक जना पक्राउ

जनकपुरधाम, असार १९ : जनकपुरमा गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२१ कुर्थाका ३५ वर्षीय सन्तोष महासेठ छन्।
धनुषा प्रहरीका अनुसार शुक्रबार राति उनलाई आफ्नै घरबाट पक्राउ गरिएको हो ।
उनको घरबाट २४ किलो २८० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
उनी यसअघि पनि गाँजासहित पक्राउ परेका थिए।
प्रकाशित मिति: १७:३८ बजे, शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











