Kathmandu Press

मुंग्रो प्रहार गरी श्रीमतीको हत्या

मोरङ, असार १९ : श्रीमतीलाई मुंग्रो प्रहार गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका–७ का ५६ वर्षीय अम्बिका...
मुंग्रो प्रहार गरी श्रीमतीको हत्या

मोरङ, असार १९ : श्रीमतीलाई मुंग्रो प्रहार गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका–७ का ५६ वर्षीय अम्बिका घिमिरे रहेका छन्।

४८ वर्षीया श्रीमती सीता घिमिरेको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

शनिबार बिहान सीताको सुतेकै स्थानमा शव फेला परेको थियो। उनको टाउकोबाट अत्यधिक रगत बगेको थियो।

अनुसन्धान गर्दै जाँदा घरभित्र मुंग्रो फेला परेको थियो। त्यसमा रगतका छिटा थिए।

त्यसपछि प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो।

प्रकाशित मिति: १७:२३ बजे, शनिबार, असार १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्