मीटूले इंडियन आइडलको जजबाट बाहिरिए अनु मलिक
काठमाडौं, असार १७ : मीटूमार्फत यौन दुर्व्यहारको आरोप लागेका निर्देशक अनु मलिक इन्डियन आइडलबाट बाहिरिएका छन्।
भारतमा गत वर्ष यौन दुर्व्यहारवि....

काठमाडौं, असार १७ : मीटूमार्फत यौन दुर्व्यहारको आरोप लागेका निर्देशक अनु मलिक इन्डियन आइडलबाट बाहिरिएका छन्।
भारतमा गत वर्ष यौन दुर्व्यहारविरुद्धको अभियान मीटू चलेको थियो। अभिनेत्री तनुश्री दत्ताले नाना पाटेकरविरुद्ध यौन दुर्व्यहारको आरोप लगाएपछि यसले तहल्का मच्चाएको थियो। त्यसपछि रियालिटी शो इन्डियन आइडलका जज अनु मलिक पनि यसको चपेटामा परेका थिए। उनले इन्डियन आइडल छोड्नु परेको थियो।
यस वर्ष इन्डियन आइडलको ११औं सिजनमा भने उनलाई ल्याउने तयारी गरिएको थियोे। त्यसको पक्ष र विपक्षमा चर्चा हुन थालेको थियो।
भारतीय मिडियाका अनुसार, इन्डियन आइडल टिमले अनु मलिकलाई नल्याउने भएको छ। शोबाट हटाउने निर्णय गरेको छ। यस विषयमा भने अनु मलिकले धेरै बोल्न चोहका छैनन्। इन्डियन आइडलको जज बन्ने वा नबन्ने फाइनल नभएको उनको प्रतिक्रिया छ।
अहिले उनी आफ्नै म्यूजिक प्रोजेक्टमा व्यस्त छन्।












