Kathmandu Press

कोभिसिल्ड खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिने

कोभिसिल्ड खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिने

ब्रसेल्स, असार १९ : युरोपेली संघले कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ।

संघले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने शुक्रबार सङ्केत गरेको छ। संघको चिकित्सासम्वन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्डलगायतका केही खोप लगाएकाहरूलाई भने विश्वास गर्न नसकिने जनाएको हो। 

चिकित्सा कार्यालयले कोभिसिल्डलाई विश्वास नगरेपछि युरोपेली संघले पनि उनीहरूलाई युरोप प्रवेश गर्न अनुमति नदिन सकिने निश्कर्ष निकालेको छ।  

युरोपेली चिकित्सा कार्यालयले युरोपेली आयोगलाई समेत भारतमा बनेको खोप लगाएकाहरूलाई युरोप प्रवेशमा अनुमति नदिन सिफारिस गरेको छ। 

अमेरिका, बेलायत र युरोपेली मुलुकहरूमा बनाइएको खोप लगाएकाहरूलाई मात्रै युरोप प्रवेशका लागि अनुमति दिएमा मात्रै युरोपमा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन कम हुने उनीहरूको भनाइ छ। 

युरोपेली आयोगको निर्णयसँगै भारतको कोभिसिल्ड खोपप्रतिको विश्वसनीयता र उपयोगीतामा फेरि आशङ्का उत्पन्न भएको छ।  
 

प्रकाशित मिति: १६:५४ बजे, शनिबार, असार १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्