शनिबार २३२८ संक्रमित थपिँदा ३०६६ जना संक्रमणमुक्त, १९ जनाको मृत्यु
देशभर ५८३७ जनाको पिसिआर परीक्षणबाट १५२७ जनामा संक्रमण पुष्टि भएको छ भने ४२९६ जनाको एन्टिजेन परीक्षणबाट ८०१ जनामा पुष्टि भएको छ।
काठमाडौं, असार १९ : पछिल्लो २४ घण्टामा २३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१०१३३ को परीक्षण गर्दा २३२८ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार मुलुकभरमा ५८३७ जनाको पिसिआर परीक्षणबाट १५२७ जनामा संक्रमण पुष्टि भएको छ भने ४२९६ जनाको एन्टिजेन परीक्षणबाट ८०१ जनामा पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा ३०६६ जना संक्रमणमुक्त भएका छन्।
यस्तै १९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै हालसम्म ९१९८ जनाको मृत्यु भइसकेको छ।
प्रकाशित मिति: १६:१८ बजे, शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











