Kathmandu Press

चितवनमा पुरूषको शव फेला

चितवन, असार १९ : पूर्वी चितवनमा आज बिहान एक पुरूषको शव फेला परेको छ।अन्दाजी ४५ वर्षको व्यक्ति आज बिहान मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालय...
चितवनमा पुरूषको शव फेला

चितवन, असार १९ : पूर्वी चितवनमा आज बिहान एक पुरूषको शव फेला परेको छ।

अन्दाजी ४५ वर्षको व्यक्ति आज बिहान मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ। 

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा नदीले बगाएर ल्याएको जस्तो देखिने मङ्गोलियन वर्णको पुरूष व्यक्तिको शव रत्ननगर नगरपालिका–७ सौराहाको घोलमा भेटिएको हो।

घोलमा शव भेटिएसँगै परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको उनले जानकारी दिए। मृतकको पहिचानका लागि बूढी राप्ती र कयर खोला आसपासका स्थानीयबासीलाई खबर गरिएको उनले बताए।

प्रकाशित मिति: १४:२५ बजे, शनिबार, असार १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्