Kathmandu Press

बिपी राजमार्ग अवरुद्ध

बनेपा, असार १९ : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ स्थित माम्दी खोलामा बाढी आएपछि सो क्षेत्र भएर सञ्चालन भएको बिपी राजमार्ग अवरुद्ध भएको छ। शुक्रबारदेखि परेको...
बिपी राजमार्ग अवरुद्ध

बनेपा, असार १९ : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ स्थित माम्दी खोलामा बाढी आएपछि सो क्षेत्र भएर सञ्चालन भएको बिपी राजमार्ग अवरुद्ध भएको छ। शुक्रबारदेखि परेको अविरल वर्षाका कारण खोलाको माथिबाट लेदोसहितको बाढी आएर सडकमा थुप्रेपछि राजमार्ग अवरुद्ध भएको हो।

राति १/२ बजेदेखि लेदो थुप्रिएका कारण नै सडक अवरुद्ध भएपछि अहिले रामेछाप, सिन्धुली र पूर्वी तराई जाने र काठमाडौं आउने सवारी साधनहरु रोकेको रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए। 

लेदोले पुरिएका कारण गाडी नै फसेपछि त्यसलाई निकालिएको र अवरुद्ध सडक खुलाउने काम भइरहेको उनले बताए । अवरोध हटाउन सुरु गरिए पनि निरन्तरको वर्षा र खोलाको सतह बढेको कारण केही कठिनाइ भइरहेको उनको भनाइ छ । 

लेदोमा तीन सवारी साधन फसे पनि यात्रुहरुलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १२:११ बजे, शनिबार, असार १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्