सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
सुर्खेत, असार १९ : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। गएराति १०ः२ बजे भूकम्प गएको हो। त्यसको धक्का बझाङ र बाजुरालगायतका जिल्लामा...
सुर्खेत, असार १९ : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।
गएराति १०ः२ बजे भूकम्प गएको हो। त्यसको धक्का बझाङ र बाजुरालगायतका जिल्लामा महसुस गरिएको जनाइएको छ।
भूकम्पको केन्द्रबिन्दु बझाङ र बाजुराको सीमा सैपाल नजिक रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए।
भूकम्प ४.१ रेक्टर स्केलको गएको केन्द्रले जनाएको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन।
प्रकाशित मिति: ०८:३६ बजे, शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











