आज पनि देशभर वर्षा, मध्याह्नपछि कम हुने
काठमाडौं, असार १९ : जल तथा मौसम विज्ञान विभागले गएरातिदेखि लगातार देशभर वर्षा भइरहेकाले सतर्क रहन आग्रह गरेको छ। आज मध्याह्नबाट वर्षा हुन कम...
काठमाडौं, असार १९ : जल तथा मौसम विज्ञान विभागले गएरातिदेखि लगातार देशभर वर्षा भइरहेकाले सतर्क रहन आग्रह गरेको छ। आज मध्याह्नबाट वर्षा हुन कम हुने जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको सक्रिय प्रभाव र तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले शनिबार देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावनाका रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको जनाएको छ।
आज बिहान प्रदेश १, प्रदेश २, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ।
आज दिउसो पनि प्रदेश १, प्रदेश २, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ। प्रदेश २ र बाग्मती प्रदेशका एक–दुई स्थानमा अति भीषण वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।











