Kathmandu Press

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु 

काठमाडौं, असार १८ : बाराको कलैया उपमहानगरपालिका २ अवधापुर बस्ने ४० वर्षीय रामदेव पटेलको हात्तीको आक्रमणमा परी शुक्रबार बिहान मृत्यु भएको छ ।हात्तीको...
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु 

काठमाडौं, असार १८ : बाराको कलैया उपमहानगरपालिका २ अवधापुर बस्ने ४० वर्षीय रामदेव पटेलको हात्तीको आक्रमणमा परी शुक्रबार बिहान मृत्यु भएको छ ।

हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका उनको उपचारको लागि कलैया अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: २०:२४ बजे, शुक्रबार, असार १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्