गण्डकी प्रदेशमा थपिए ३७९ जना कोरोना संक्रमित, २ जनाको मृत्यु
काठमाडौं, असार १८ : गण्डकी प्रदेशमा थप ३७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको १...काठमाडौं, असार १८ : गण्डकी प्रदेशमा थप ३७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको १ हजार १८६ जनाको नमूना परीक्षण गरिएकामा ३७९ जनामा संक्रमण देखिएको हो । नयाँ संक्रमितहरुमा कास्कीका १९४, म्याग्दीका २१, पर्वत १०, लमजुङ १४,गोरखा ९, तनहुँ ४४, बाग्लुङ २७, स्याङ्जा १२, मुस्ताङ २ र नवलपुरका ४६ जना रहेका छन् ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ हजार ५७७ पुगेको छ । त्यसैगरी गण्डकी कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा तनहुँमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा ब्यास नगरपालिका –१२ का ५० वर्षीय पुरुष र शुक्लागण्डकी –६ का ६८ वर्षीय पुरुष रहेका छन् । यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५८ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यो सँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५२ हजार ३७७ पुगेको छ ।