Kathmandu Press

छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा बाबु पक्राउ

छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा बाबु पक्राउ

काठमाडौं, असार १८ : आफ्नै १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा चाँगुनारायण नगरपालिका ८ सुडाल बस्ने ओखलढुङ्गा घर भएका ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

ती पुरुषले छोरीलाई गत जेठ १० गते बिहान यौन दुर्व्यवहार गरेको भन्ने खबर बिहीबार बेलुका प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: १८:५१ बजे, शुक्रबार, असार १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्