Kathmandu Press

नासोँमा बाढीपहिरोबाट एक अर्बको क्षति

मनाङ, असार १८ : अविरल वर्षासँगैको बाढीपहिरोबाट जिल्लाको नासोँ गाउँपालिकामा जलविद्युत् आयोजना र सडक भत्किँदा रु एक अर्बभन्दा बढीको भौतिक क्षति भएको छ ।...
नासोँमा बाढीपहिरोबाट एक अर्बको क्षति

मनाङ, असार १८ : अविरल वर्षासँगैको बाढीपहिरोबाट जिल्लाको नासोँ गाउँपालिकामा जलविद्युत् आयोजना र सडक भत्किँदा रु एक अर्बभन्दा बढीको भौतिक क्षति भएको छ । गत जेठ १४ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट गाउँपालिकामा रु एक अर्ब एक करोड ८३ लाख बराबरको सार्वजनिक भौतिक सम्पत्तिमा क्षति भएको गाउँपालिकाले जनाएको छ। 

गाउँपालिकाका सूचना अधिकारी गोविन्द रानाभाटका अनुसार सबैभन्दा धेरै सडकमा रु ८३ करोड ६५ लाख बराबरको क्षति भएको छ । नासोँ क्षेत्रभित्र रहेका कच्ची तथा पक्की गरी सडकमा मात्र सो रकम बराबरको क्षति भएको सूचना अधिकारी रानाभाटलले बताए। 

बाढीपहिरोबाट गाउँपालिकाकै प्रशासनिक भवनमा रु पाँच करोड बराबरको क्षति भएको छ । यहाँका सात पुलमध्ये चार वटा पुल बाढीले बगाएको र तीन वटा पुलमात्र मर्मत गर्न सकिने अवस्थामा रहेको पालिकाले जनाएको छ । पुलमा पूर्ण तथा आशिंक गरी रु पाँच करोड २० लाख बराबरको क्षति भएको छ। 

तीनवटा जलविद्युत् आयोजनामा रु चार करोड ५० लाख बराबरको क्षति भएको सूचना अधिकारी रानाभाटले बताए। यस्तै रु तीन लाख बराबरको एउटा मोटरसाइकल पनि बाढीले बगाएर लगेको बताइएको छ । यही असार ४ गते मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङको गाउँपालिकाको भौतिक संरचनामा ठूलो क्षति पु¥याएको हो । पालिकाको वडा नं २ बाहेक सबै वडामा बाढीले ठूलो क्षति पु¥याएको छ। 

गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार १, ३, ४, ५, ६, ७, ८ र ९ वडा पूर्णरूपमा बाढीपहिराबाट क्षति भएका छन् । वडा नं ३ मा सबैभन्दा धेरै भौतिक संरचनामा क्षति पु¥याएको छ । अध्यक्ष घलेका अनुसार वडा नं १ को ताल गाउँ अहिले बगरमा परिणत भएको छ । मस्र्याङ्दीमा उर्लिएको बाढीले मनाङका विभिन्न स्थानमा ठूलो क्षति पु¥याएको छ । 
 

प्रकाशित मिति: १७:३६ बजे, शुक्रबार, असार १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्