Kathmandu Press

तनावबाट मुक्त भए, ह्याङ बाँकी नै छ : प्रकाश सपुत

लोकगायक प्रकाश सपुतलाई ‘गलबन्दी’ले चर्चित बनायो। यसले विवादमा पनि तान्यो। संगीतकार शम्भु राईले ‘गलबन्दी’को भाका आफ्नो ‘देउसी भैलो’ ....

तनावबाट मुक्त भए, ह्याङ बाँकी नै छ : प्रकाश सपुत
काठमाडौं प्रेस

लोकगायक प्रकाश सपुतलाई ‘गलबन्दी’ले चर्चित बनायो। यसले विवादमा पनि तान्यो। संगीतकार शम्भु राईले ‘गलबन्दी’को भाका आफ्नो ‘देउसी भैलो’ गीतसँग मिलेको भन्दै चोरी गरेको आरोप लगाए। उनले मुद्दा पनि हाले। लामो विवादपछि दुवै पक्ष सहमतिमा पुगेका छन्।

सहमतिअनुसार, ‘गलबन्दी’ गीतमा राईको नाम समावेश गरी प्रकाशन गरिनेछ। गीतको आम्दानी प्रकाशकै हुनेछ। विवादले तनावमा रहेका प्रकाशले सहमितपछि झञ्झटबाट मुक्त भएको महसुस गरिरहेको बताएका छन्।

लोकगायक प्रकाश सपुतसँग काठमाडौं प्रेसका लागि वर्षा महर्जनले गरेको कुराकानी :

Hardik ivf

सहमितपछि विवाद सकिएसंगै पुरानै कामधाममा फर्किनु भयो?

अँ। म आफ्नो काममा फर्किसकेको छु। तीज नजिकै आइसकेको छ। त्यसैले तीजको सुटिङमा व्यस्त छु। र यो सँगै केही कार्यक्रममा पनि व्यस्त हुन थालिसकेको छु। अर्को हप्ता कार्यक्रमकै लागि दुबई जादै छु।

यो सम्झौतापछि कस्तो महसुस भइरहेको छ?

शारीरिक र मानसिक रुपमा जुन खालको तनावमा थिएँ, सहमतिपछि एकखाले झञ्झटबाट मुक्त भएको महसुुस गरिरहेको छु। अस्तिसम्म जुन खालको तनावमा थिए, त्यसमा अलिकति कमि आएको छ। पूर्णरुपमा पहिलेजस्तै त भएको छैन।

दवावमा परेर सम्झौता गर्नु भएको त होइन?

होइन, त्यस्तो केही दवाव आएको थिएन्। तर, एउटा दवाव जुन मैले र शम्भु सरले महसुस गरेका थियौं। त्यो, एउटा संगीतको विषयले हाम्रो समाजिक सद्भावनामा खलल आउछ कि?

राजनीति घुसेर जातीय कुराहरु उठ्लान कि भन्ने दवाव परेको थियो। त्यसैले यसलाई लम्ब्याउनु भन्दा टुंग्याउनु पर्छ भन्ने दुवैमा दवाव थियो। व्यक्तिगत रुपमा भने त्यस्तो डर या कुनै दवाव थिएनँ।

किन विवाद लम्बियो जस्तो लाग्छ?

कानुन र संगीताकार पनि प्रष्ट नभएकाले विवाद लम्बियो कि जस्तो लाग्छ। कपी नै भएको भए कपी राईटको कानुन छ। र सजिलो हुन्थ्यो। तर, यो उस्तै सुनिने र उस्तै हुनेमा ठ्याक्कै फरक छ।

त्यो कुरामा प्रष्ट नभएकाले यसमा लड्दा जसको शक्ति उसकै भक्ति हुने हो। यो मिलेकै छ भनेर प्रमाण जुटाउन सके उहाँकै हुन्थ्यो। मैले मिलेकै छैन् भनेर प्रमाण जुटाउन सके मेरै जीत हुन्थ्यो। हो कि होइन भन्ने प्रष्ट कानुन नभएकाले यसरी मुद्दा हारजित हुँदा न्यायोचित हुँदैन्थ्यो। अनि सोचे पनि, म दुई कदम पछाडि सर्दा एउटा राम्रो कलाकारको सम्मान हुन्छ भन्ने किन नगर्ने? त्यही भएर सहमति गरेको हुँ।

यो सहमतिले तपाईको करिअरमा असर पार्दैन?

मेरो विचारमा पार्दैन् होला। अर्को, सबैले बुझ्नु पर्ने भनेको सिर्जना भन्ने कुरा नियम कानुनले बाड्ने या त भनौं छुट्याउने कुरा होइन्। पहिले पनि लेखेको थिए, यदि यो भाका मिलेको छ जस्तो लाग्ने स्रोतालाई कानुन मात्रै होइन भगवानै आएर प्रमाणित गरेपनि मिलेकै छ जस्तो लाग्थ्यो।

यदि मिलेकै छैन् भन्ने दर्शकलाई मिलेको प्रमाणित गरे पनि मिलेकै छैन जस्तो लाग्थ्यो। यस्ता विचाराधिन कुरामा पक्ष विपक्ष हुन्छ नै।

यसमा कस्तो कानुनको आवश्यक पर्छ?

यो विषय विचाराधिन छ। र यसलाई स्पष्ट बनाउनु जरुरी छ। मलाई दुइटा कुरामा स्पष्ट पार्नुपर्छ जस्तो लाग्छ। पहिलो, कपी राईटको विषय। कति मिलेको भएक के गर्ने भन्ने मापदण्ड बनाउनुपर्छ।

अर्को, लोकभाकालाई कसरी छुट्याउने त भन्ने कुरा हो। किनकि लोकभाका भनेको प्रायः उस्तै हुन्छन्। लोकभाकामाथि कानुन लाग्ने या नलाग्ने टुंगो लगाउनुपर्छ।

के कुराले दिमागमा हिट गरिरहेको छ, चोरीको आरोप कि दर्शक, समाजले कसरी हेर्ला भन्ने?

होइन, होइन। मैले चोरेको छु जस्तो लाग्दैनँ। विवाद आएपछि धेरै पटक त्यसमा ध्यान दिए, मेरो आत्माले मैले चोरेको होइन भन्ने नै ठानेको छ। त्यसैले यो कुराले मलाई तनाव दिइरहेको छैन्।

बरु, सबैलाई जवाफ दिँदादिँदै म हैरान भएको छु। मिडियामा पनि यो गीत–संगितसँगै धेरै कुरा जोडिएर आए। सबैले मेरो बारेमा मात्रै कुराकानी गरिरहेको सुन्दा अलमलमा थिए। मैले बाटो नपाइरहेको हो की जस्तो लाग्थ्यो। कामका विषयमा सोच्न सकिराखेको थिएनँ। अझै पनि पहिलेजस्तै सिर्जनामै केन्द्रीत हुनसकिराखेको छैन। त्यही विषयले ह्याङ गरिरहेको छ।

कला र सिर्जनाको विषयमा समाजिक सञ्जालमा अन्त्यैतिर मोडिएको जस्तो लागेन?

सामाजिक सञ्जालका राम्रा पक्ष पनि छन, विकृति पनि छन्। यसमा पनि राम्रा कुरा पनि आए, नराम्रा कुरा पनि आए। अर्को, हाम्रो समाज चेतनास्तर कहाँ रहेछ भन्ने पनि देखायो।

हामी जति नै आफुलाई आधुनिक समाजको भनेपनि हाम्रो सोचाइको स्तर त्यसअनुसार विकसित भएको रहेन्छ भन्ने देखियो। त्यसले पीडाबोध पनि गरायो। त्यसैले दुःखी पनि बनायो।

तपाईका दर्शक–स्रोतलाई के भन्न चाहनुहुन्छ?

कुनै पनि कलाकारलाई आफ्नो तरिकाले व्याख्या नगरिदिनुहोस। हामीलाई हाम्रो कलामार्फत जज गरिदिनुहोस । हामी कुन समुदाय, कुन जातबाट आयौं भन्ने कुरालाई नहेरिदिनुस्। कला र कलाकारलाई जात, समुदाय, पार्टी, क्षेत्रभन्दा कलाकै नजरले हेरिदिनुस् भन्न चाहन्छु।

प्रकाशित मिति: १०:०७ बजे, मंगलबार, असार १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्