Kathmandu Press

अवरुद्ध डुम्रे–बेंसीशहर सडकखण्ड सञ्चालनमा

अवरुद्ध डुम्रे–बेंसीशहर सडकखण्ड सञ्चालनमा

दमौली, असार १८ : पहिरोका कारण अवरुद्ध भएको तनहुँको डुम्रे–बेंसीशहर सडकखण्ड आजदेखि पुनः सञ्चालनमा आएको छ । निरन्तरको वर्षासँगै आएको पहिराको कारण बुधबार रातिदेखि अवरुद्ध भएको थियो ।  

भानु नगरपालिका–१ अधेंरीखोलामा आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका थिए । बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेर अवरुद्ध भएको थियो । 

धेरै ठाउँमा पहिरो खसेकाले अवरोध हटाउन समय लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। ‘हिजो दिउँसो पहिरो हटाएर सडक चालु गराइए पनि बिहीबार राति फेरि पहिरो खसेको थियो उनले भने, ‘सबै पहिरो हटाएर सडकखण्ड चालु गराइएको छ ।

प्रकाशित मिति: १७:१२ बजे, शुक्रबार, असार १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्