Kathmandu Press

उपत्यकामा थपिए ४२८ जना कोरोना संक्रमित

काठमाडौं, असार १८ : शुक्रबार काठमाडौं उपत्यकामा ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३१६, ललितपुरमा ७८...
उपत्यकामा थपिए ४२८ जना कोरोना संक्रमित

काठमाडौं, असार १८ : शुक्रबार काठमाडौं उपत्यकामा ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३१६, ललितपुरमा ७८ र भक्तपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको हो । 

काठमाडौं उपत्यकामा कुल ८ हजार १ सय ४८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

हाल काठमाडौं जिल्लामा ५ हजार ४०, ललितपुरमा १ हजार ८२५ र भक्तपुरमा १ हजार २८३ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३४ जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति: १६:५६ बजे, शुक्रबार, असार १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्