Kathmandu Press

थप २२९९ जनामा कोरोना संक्रमण पुष्टि, ३४ को मृत्यु 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३४५१ रहेको छ ।
थप २२९९ जनामा कोरोना संक्रमण पुष्टि, ३४ को मृत्यु 

काठमाडौं, असार १८ : पछिल्लो २४ घण्टामा २२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

६५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १३९१ र ४०३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २,२९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३४५१ रहेको छ । कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ।

हाल नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ९६१ पुगेको छ । सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेको छ।


 

प्रकाशित मिति: १६:४८ बजे, शुक्रबार, असार १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्