‘भेटौं’ भन्दा माधवकुमार नेपालले नमानेको ओलीको भनाइ
काठमाडौं, असार १८ : आज (शुक्रबार) एमाले केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले बैठकलाई ब्रिफिङ गर्ने...
काठमाडौं, असार १८ : आज (शुक्रबार) एमाले केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले बैठकलाई ब्रिफिङ गर्ने क्रममा वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँग भेट्न अस्वीकार गरेको बताएका छन् ।
चैत २८ गते घोषित दसौं महाधिवेशन आयोजक कमिटी बिहीबार भंग भएको थियो। त्यसपछि बस्न लागेको केन्द्रीय कमिटीको पहिलो बैठकमा सहभागी हुन आफूले नेता नेपाललाई फोन गरेर आग्रह गरेको ओलीले बताए।
बिहीबार बेलुका फोनमा २०-२५ मिनेटजति नेता नेपालसँग कुराकानी भएको उनको भनाइ थियो।
नेता नेपालले आफूसँग फोन उठाउनै मन नभएको तर साथीहरुको दबाबले उठाउन बाध्य भएको जबाफ दिएको पनि ओलीले बताए।
प्रकाशित मिति: १४:५७ बजे, शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











