Kathmandu Press

लेबनानका ३० प्रतिशत बालबालिका खाद्य अभावको चपेटामा

लेबनानका ३० प्रतिशत बालबालिका खाद्य अभावको चपेटामा

बेरुत, १८ असार : लेबनानका ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभावको समस्या रहेको पाइएको छ। 

संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो महिना ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभाव रहेको उल्लेख छ।  

‘खाद्य अभावको समस्यामा कमी आएको पाइएको छैन, खाद्य अभावको समस्या नराम्रो अवस्थामा छ, यसले बालबालिकाको स्वास्थ्य, शिक्षा र अन्य विकासमा समेत समस्या उत्पन्न गराएको छ,’ लेबनानका लागि युनिसेफका प्रतिनिधि युकेइ मोकौले भने। 

‘लेबनानका दश मध्ये एक बालबालिका काममा जाने परेको पनि पाइएको छ । कुल ४० प्रतिशत बालबालिकाको परिवारजनको रोजगारी छैन । ती मध्ये ७७ प्रतिशत परिवारले कुनै पनि सामाजिक तथा सरकारी सेवा सुविधा तथा राहत पाएका छैनन,’ युनिसेफको प्रतिवेदनमा उल्लेख छ। 

लेबनानका कुल १५ प्रतिशत परिवारले उनीहरुका बालबालिकाको पढाई रोकिदिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। 
 

प्रकाशित मिति: १४:५६ बजे, शुक्रबार, असार १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्