कोरोना खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ मा बेइजिङ जाने
काठमाडौं, असार १८ : कोरोना भाइरसविरूद्ध लगाइने खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङ जाने भएको छ। सरकारले चीनबाट १० लाख...
काठमाडौं, असार १८ : कोरोना भाइरसविरूद्ध लगाइने खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङ जाने भएको छ। सरकारले चीनबाट १० लाख डोज खोप ल्याउने तयारी गरेको छ।
नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आगामी बिहीबार खोप लिन चीन जाने गरी तयारी गरेको जानकारी दिएका छन।
उनले खोप लिएर जहाज भोलिपल्टै नेपाल फर्किने बताए। चीनबाट ल्याउन लागिएको उक्त खोप ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अन्तर्गत ल्याउन लागिएको हो। जसमा कम्पनीले खोपको मुल्य खुलाएको छैन।
नेपालले चीनबाट खोप खरिद गर्ने भनेपछि त्यहाँको कम्पनीले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अन्तर्गत रहेर मात्र खोप दिने भनेपछि सरकारले सोहीअनुसार सहमति जनाएको हो। अब आउने खोप कसलाई लगाउने भन्नेबारे तय भइसकेको छैन।
प्रकाशित मिति: १४:३१ बजे, शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











