Kathmandu Press

मेचीनगरलाई ३० थान अक्सिजन सिलिण्डर सहयोग

झापा, असार १८ : गोर्खा फाउन्डेशन नेपालले आज मेचीनगर नगरपालिकालाई ३० थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ।गोर्खा फाउण्डेशन युके र नेपालको संयुक्त...
मेचीनगरलाई ३० थान अक्सिजन सिलिण्डर सहयोग

झापा, असार १८ : गोर्खा फाउन्डेशन नेपालले आज मेचीनगर नगरपालिकालाई ३० थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ।

गोर्खा फाउण्डेशन युके र नेपालको संयुक्त सहयोगमा रु छ लाख बराबरको असिक्जन सिलिण्डरसहित स्वास्थ्य सुरक्षणका सामग्री हस्तान्तरण गरिएको हो। 
    
फाउन्डेशनका अध्यक्ष नगेन्द्र गुरुङले मेचीनगरका प्रमुख विमल आचार्यलाई सो सामग्री हस्तान्तरण गरेका छन् । मेचीनगरमा विभिन्न दातृ निकायले दिएको र नगर आफैँले खरीद गरेको असिक्जन सिलिण्डरको सङ्ख्या ९० बढी भएको नगरप्रमुख आचार्यले बताए। 

उनले नगरभित्र रहेका अस्पताल र स्वास्थ्य चौकीलाई आवश्यकताअनुसार आज प्राप्त भएका अक्सिजन सिलिण्डर वितरण गरिने बताए। 
 

प्रकाशित मिति: १३:४७ बजे, शुक्रबार, असार १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्