Kathmandu Press

त्रिभुवन राजपथको हेटौंडा-भैंसे सडक खण्ड अवरूद्ध

मकवानपुर, असार १८ : गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौंडा–भैंसे सडक खण्ड अवरूद्ध भएको छ।भीमफेदी गाउँपालिका–१ मा पर्ने बागझोरामा आएको बाढीले...
त्रिभुवन राजपथको हेटौंडा-भैंसे सडक खण्ड अवरूद्ध

मकवानपुर, असार १८ : गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौंडा–भैंसे सडक खण्ड अवरूद्ध भएको छ।

भीमफेदी गाउँपालिका–१ मा पर्ने बागझोरामा आएको बाढीले गर्दा हेटौंडाबाट जाने र भैंसे हुँदै हेटौंडा आउने यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक निमित्त प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

उनका अनुसार उक्त बाढीले बगाएको गिट्टी, बालुवा, ठूला–ठूला ढुङ्गा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
 
त्यस्तै, भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने सडक पनि बिहीबारदेखि नै अवरूद्ध छ।

भीमफेदी–६ गढीमा ठूलो पहिरो गएको र अझै पानी नरोकिएका कारण पहिरो हटाउन समस्या भएकाले उक्त सडक खण्डमा पनि यातायत अवरूद्ध भएको उनले बताए। कान्ति लोकपथअन्तर्गत पर्ने  भिमफेदी–८ गगंटेमा पनि पहिरो जाँदा हिजोदेखि नै यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित मिति: १२:३२ बजे, शुक्रबार, असार १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्