Kathmandu Press

दिल्लीमा कोभिडका कारण करिब दुई हजार बालबालिका अभिभावक बिहीन

काठमाडौं, असार १६ : दिल्लीमा गत वर्ष मार्चपछि कोभिड–१९ महामारीबाट दुई हजारभन्दा बढी बच्चाहरूले अविभावक गुमाएको दिल्लीको बाल अधिकार संरक्षण आयोग (डीसीपीआर) ले बिहीबार...
दिल्लीमा कोभिडका कारण करिब दुई हजार बालबालिका अभिभावक बिहीन

काठमाडौं, असार १६ : दिल्लीमा गत वर्ष मार्चपछि कोभिड–१९ महामारीबाट दुई हजारभन्दा बढी बच्चाहरूले अविभावक गुमाएको दिल्लीको बाल अधिकार संरक्षण आयोग (डीसीपीआर) ले बिहीबार जानकारी गराएको छ ।

सर्वेक्षणमा दुई हजारभन्दा बढी बच्चाहरूको एक वा दुवै अविभावक कोभिडका कारण गुमेको देखिएको छ । यीमध्ये ६७ बालबालिकाले आफ्ना दुबै अविभावक गुमाएका छन् । त्यसैगरी ६५१ बालबालिकाले आफ्नी आमालाई गुमाएका छन् भने एक हजार ३११ बालबालिकाले बुवा गुमाएका छन् । 

यी बच्चाहरूको विवरण कोभिडको कारण आफ्ना आमाबुवा गुमाएका बच्चाहरूको लागि दिल्ली सरकारले अधिसूचित गरेको योजनामा योग्य हितग्राहीको नामांकन सुनिश्चित गर्न महिला र बाल विकास विभागमा उपलब्ध भएको उल्लेख गरिएको छ ।सहयोगका लागि २४ घण्टा खुला रहने फोनमार्फत् सहयोगको आवश्यकता रहेका नागरिकहरूले कुनै पनि केस रिपोर्ट गर्न वा बाल अधिकारसम्बन्धी कुनै जानकारी लिन सक्ने आयोगले बताएको छ । 

एक आधिकारिक विज्ञप्तिमा भनिएको छ, “आयोगले यस सहयोग कक्षलाई दिल्ली सरकारको स्वास्थ्य विभागद्वारा प्रदान गरिएको तथ्याङ्कको प्रयोग गरेर कोभिड–१९ को कारणले आफ्ना अभिभावक गुमाएका बच्चाहरूको स्वास्थ्य सर्वेक्षण र पहिचान गर्ने गरेको बताइएको छ ।

अप्रिलमा स्थापना गरेको हेल्पलाइनले अहिलेसम्म चार हजार ५०० भन्दा बढी गुनासा सङ्कलन गरेको उल्लेख छ । “यीमध्ये दुई हजार २०० ‘एसओएस’ वर्गका गुनासा रहेका छन् ।

यी एसओएस गुनासोहरुमा खाद्यान्न, चिकित्सा, आपतकालिन अवस्था, परित्याग गरिएका बच्चाहरूका मुद्दा, कोभिड–१९परीक्षण सम्बन्धित आवश्यकताहरू जस्ता जरुरी सेवाको तत्काल आवश्यकता पर्ने बच्चाहरू र परिवारहरू छन् ।”

प्रकाशित मिति: २०:२९ बजे, बिहीबार, असार १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्