Kathmandu Press

शिक्षकलाई विभेद गरिएको भन्दै सर्बोच्च अदालतमा मुद्दा दायर

शिक्षकलाई विभेद गरिएको भन्दै सर्बोच्च अदालतमा मुद्दा दायर

काठमाडौं, असार १६ : सरकारले निजामति कर्मचारीलाई दिने सेवा सुविधा र शिक्षक दिने सेवा सुविधामा विभेद गरेको भन्दै सर्बोच्च अदालतमा मुद्दा दायर भएको छ ।

तनहुँ रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा स्थायी हकहित मञ्चका संयोजक रमेशबाबु भट्टराईको नेतृत्वमा करिब ५० जना शिक्षकहरुको हस्ताक्षर रहेको निवेदनमा नेपाल सरकार ,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय, अर्थ मन्त्रालय, अर्थमन्त्री, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाई मुद्दा दायर गराएका हुन् ।

नेपाल सरकारका अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक वर्ष २०७८०७९ को आयव्ययको सार्वजनिक जानकारी वक्तव्यमा उल्लेख भएको राहत,सहुलियत र आर्थिक पुर्नउत्थान शीर्षक अन्तर्गतको बुँदा नं. ६६ मा उल्लेख भएको आन्तरिक पर्यटनलाई प्रवर्दन गर्न निजामती सार्वजनिक संस्थान, प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकम सहित पर्यटन काज उपलब्ध गराउने गरी भएको व्यबस्थामा शिक्षकहरुलाई समावेश नगरिएकोले मुद्दा दायर गरिएको निवेदनमा उल्लेख गरिएको छ ।

यस्तै उनीहरुले शिक्षकलाई अन्य विविध सवालमा भेदभाव भएको बताएका छन् । सबैप्रकारका राष्ट्रसेवक कर्मचारीलाई समान व्यबहार गर्नुपर्ने उनीहरुको माग रहेको छ । 

प्रकाशित मिति: २०:०६ बजे, बिहीबार, असार १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्