Kathmandu Press

निषेधाज्ञा उल्लंघन गर्ने ४८० सवारीसाधन नियन्त्रणमा

निषेधाज्ञा उल्लंघन गर्ने ४८० सवारीसाधन नियन्त्रणमा

काठमाडौं, असार १७  : विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ४ सय ८० वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तीमध्ये १ सय ७३ वटा गाडी र ३ सय ७ वटा मोटरसाइकल छन्। नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ।

Hardik ivf

साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ८१ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ।

कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६० हजार ६ सय २७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा उल्लंघन गर्ने ८५ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ९ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ।

सो क्रममा ८ सय ६४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ५४ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत २ हजार ५ सय ८७ जनालाई सचेत गराइएको छ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ।
 

प्रकाशित मिति: १७:४० बजे, बिहीबार, असार १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्