Kathmandu Press

पाटेबाघको छालासहित दुईजना पक्राउ

बाँके, असार १७ : बैजनाथ गाउँपालिका-४ तिलकपुरस्थित सडकबाट २ थान दुर्लभ बन्यजन्तु पाटे बाघको छालासहित दुईजनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा...
पाटेबाघको छालासहित दुईजना पक्राउ

बाँके, असार १७ : बैजनाथ गाउँपालिका-४ तिलकपुरस्थित सडकबाट २ थान दुर्लभ बन्यजन्तु पाटे बाघको छालासहित दुईजनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा अछामको मेललेख गाउँपालिका-३ दर्पा बस्ने २७ वर्षीय डम्बर बुढा र अछाम रामरोसन गाउँपालिका-५ बस्ने ३५ वर्षीय नन्दु बुढा छन्। 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको प्हरीले जनाएको छ। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 
 

प्रकाशित मिति: १७:३६ बजे, बिहीबार, असार १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्