Kathmandu Press

सवारी दुर्घटनामा दुई सहचालकको मृत्यु

काठमाडौं, असार १७ : दुर्घटनामा परी दैलेख र अछाममा एकएकजनाको मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका–९ भजने पोखरीस्थित सडकमा क.प्र. ०२–००१त०१२४ नम्बरको ट्याक्टरबाट लडेर...
सवारी दुर्घटनामा दुई सहचालकको मृत्यु

काठमाडौं, असार १७ : दुर्घटनामा परी दैलेख र अछाममा एकएकजनाको मृत्यु भएको छ।

 दैलेखको दुल्लु नगरपालिका–९ भजने पोखरीस्थित सडकमा क.प्र. ०२–००१त०१२४ नम्बरको ट्याक्टरबाट लडेर सहचालक सोही ठाउँका २३ वर्षीय सुजन पुरीको बिहीबार दिउँसो मृत्यु भएको प्हरीले जनाएको छ।

ट्याक्टरबाट लडेका उनलाई सोही ट्याकटरले किच्दा घटनास्थलमै मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको प्रहरीको भनाइ छ। 

त्यस्तै अछामको बान्निगढी जयगढ गाउँपालिकाद्द४ तिमिल्सैनस्थित सडकमा सु.प.प्र. ०१–००२त४४१२ नम्बरको ट्याक्टर सडकबाट करिब ३५ मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय एकेन्द्र बोहराको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५० वर्षीय पूर्ण बहादुर ठकुल्लाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

दुवै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: १७:३० बजे, बिहीबार, असार १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्