झापा, तनहुँ र सिन्धुलीमा एकएकजना मृत भेटिए

काठमाडौं, असार १७ : झापा, तनहुँ र सिन्धुलीमा एकएकजना मृत भेटिएका छन्।
झापाको कन्काई नगरपालिका–१ दुर्गापुर डेरा गरी बस्ने बुधबारे घर भएका ५२ वर्षीय बिनोद राई आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।।
त्यस्तै तनहुँको शुक्ला गण्डकी नगरपालिका–८ बाहुनकुनास्थित खेतमा सोही नगरपालिका शिवटोल बस्ने ५७ वर्षीय भोजबहादुर बिक बिहीबार मृत अवस्थामा फेला परेका छन्।
सिन्धुलीको कमलामाई नगरपालिका–८ सिस्नेरीस्थित कमला खोला किनारामा सोही नगरपालिका–५ बस्ने ८७ वर्षीय सन्तबहादुर पनि बिहीबार मृत अवस्थामा भेटिएको प्हरीले बताएको छ।
यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:२३ बजे, बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











