Kathmandu Press

पहिरोमा पुरिएर तनहुँमा दुई र सिन्धुलीमा एकजनाको मृत्यु

काठमाडौं, असार १७ : पहिराेमा पुरिएर तनहुँको बन्दिपुर दुई र सिन्धुलीको कमलामाईमा एक गरी तीनजनाको ज्यान गएको छ।बन्दीपुर-३ तामुङ बस्ने ७० वर्षीया हरिमाया...
पहिरोमा पुरिएर तनहुँमा दुई र सिन्धुलीमा एकजनाको मृत्यु

काठमाडौं, असार १७ : पहिराेमा पुरिएर तनहुँको बन्दिपुर दुई र सिन्धुलीको कमलामाईमा एक गरी तीनजनाको ज्यान गएको छ।

बन्दीपुर-३ तामुङ बस्ने ७० वर्षीया हरिमाया नेपाली र सोही ठाउँ बस्ने लिलबहादुर थापा मगरको घर पहिरो आई बिहीबार बिहान पुरिँदा हरिमाया र सोही ठाउँ बस्ने ३० वर्षीया सरस्वती थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त स्थानमा पहिरो आएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही ठाउँ बस्ने ३५ वर्षीय सुभास थापा लगायत ३ जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल दमौलीतर्फ पठाएको छ।

त्यस्तै सिन्धुलीको कमलामाई नगरपालिका-८ पहिरेस्थित बम्जन आश्रमको कम्पाउण्डभित्र रहेको घर बिहीबार बिहान आएको पहिरोले पुरिँदा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ घर भई हाल आश्रममा बस्ने ६९ वर्षीय लरिन बहादुर हिम्दुङको मृत्यु भएको छ।

तत्काल नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको जनाइएको छ। 
 

प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, असार १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्