ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ
झापा, असार १६ : झापामा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अर्जुनधार....

झापा, असार १६ : झापामा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का ३९ वर्षीय ट्रक चालक उमाकान्त राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार सोमबार बिहान सवारी चालक राजवंशीले अस्थायी ट्राफिक प्रहरी पोष्ट चन्द्रगढीका प्रहरी जवान राजु राजवंशीलाई खाजा खानु भन्दै सवारी दर्ता किताबको बीचमा पाँच सय राखेर घुस दिएका थिए। ना २ ख ८३६० नम्बरका ट्रक चालक राजवंशीले घुसबापत रकम दिएलगत्तै उनलाई पक्राउ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












