Kathmandu Press

चितवनको बाबा ग्यास उद्योगमा पस्यो कयर खोला 

चितवनको बाबा ग्यास उद्योगमा पस्यो कयर खोला 

चितवन, असार १७ : खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पुर्याएको छ । 

कयर खोलाले उद्योगमा क्षति पुर्याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर बगाएका छन् । उनले भने, ‘यहाँका सिलिण्डर बगाएर सौराहा सम्म पुगेका छन् ।’

Hardik ivf

बाढीले उद्योगको संरचनामा नोक्सान पुर्याएको छ । उद्योगमा १० देखि १५ हजार सिलिण्डर रहन्छ । के कति सिलिण्डर वगायो र अरु नोक्सान कति भयो भन्ने बारेमा एकिन भइसकेको छैन । 

 जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निरन्तरको वर्षाले पूर्वी चितवनको खैरहनीसँगै रत्ननगर, राप्ती र कालिका नगरपालिका प्रभावित भएको बताए। स्थानीय खोलाहरु बढेर पुलहरु उच्च जोखिममा रहेको उनले बताए। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएको छ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार पूर्वी चितवनका खगेरी, कयर र लदरी खोलाले खैरहनी नगरपालिका वडा नम्बर १,२,३,८ र ९ सँगै रत्ननगर नगरपालिकाको वडा नम्बर ३ शान्ति चोक डुवानमा परेको छ । 

कतिपयलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको उनले बताए। लदरी खोलाको चैनपुर चोकबाट भित्र रहेको नयाँ पुल बाढीले बगाएको छ। लोथर र राप्ती खोलासमेत वढ्दै गएको भन्दै उनले सौराहा पनि डुवानको खतरामा रहेको जानकारी दिए।   
 

प्रकाशित मिति: १५:४० बजे, बिहीबार, असार १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्