Kathmandu Press

बाँके र मकवानपुरमा एकएकजना मृत भेटिए 

काठमाडौं, असार १७ : बाँकेमा एक र मकवानपुरमा एक गरी दुईजना मृत भेटिएका छन्।बाँकेको कोहलपुर नगरपालिका-४ दैलेखी टोलस्थित सडक छेउमा सोही ठाउँ बस्ने...
बाँके र मकवानपुरमा एकएकजना मृत भेटिए 

काठमाडौं, असार १७ : बाँकेमा एक र मकवानपुरमा एक गरी दुईजना मृत भेटिएका छन्।

बाँकेको कोहलपुर नगरपालिका-४ दैलेखी टोलस्थित सडक छेउमा सोही ठाउँ बस्ने ६० वर्षीय रनबहादुर परियार बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

त्यस्तै मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–३ छुरीगाउँस्थित चौरमा सोही ठाउँ बस्ने २५ वर्षीय सागर भन्ने धनबहादुर बम्जन पनि बुधबार मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।

ती दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ। 
 

प्रकाशित मिति: १५:१० बजे, बिहीबार, असार १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्