Kathmandu Press

अमेरिकाले नेपाली सेनालाई दियो रेस्क्यू बोट

काठमाडौं, असार १७ : अमेरिकाले नेपाली सेनालाई विपद् व्यवस्थापनमा सहयोग गर्न रेस्क्यू बोट दिएको छ।बाढी, डुबान जस्ता जलउत्पन्न विपद्का समयमा उद्धार र राहत कार्यमा...
अमेरिकाले नेपाली सेनालाई दियो रेस्क्यू बोट

काठमाडौं, असार १७ : अमेरिकाले नेपाली सेनालाई विपद् व्यवस्थापनमा सहयोग गर्न रेस्क्यू बोट दिएको छ।

बाढी, डुबान जस्ता जलउत्पन्न विपद्का समयमा उद्धार र राहत कार्यमा सहयोग गर्नका लागि अमेरिकाले नेपाली सेनालाई ४ वटा रेस्क्यू बोट सहयोग गरेको हो।

एक कार्यक्रमबीच नेपालस्थित अमेरिकी दुतावासका ओडिसी माइकल पी ह्वाइटले सो  रेस्क्यू बोट नेपाली सेनाका विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मालाई हस्तानगरण गरे । 

अमेरिकाको सो सहयागले जलउत्पन्न विपद्का समयमा उद्धार र राहत कार्यमा उपयोगी हुने विश्वास नेपाली सेनाले गरेको छ।

प्रकाशित मिति: १४:३८ बजे, बिहीबार, असार १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्