सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु
काठमाडौं, असार १७ : जाजरकोट र म्याग्दीमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।जाजरकोटको बारेकोट गाउँपालिका-५ घाटबजारस्थित सडकमा को३७प ५०३७ नम्बरको मोटरसाइकल बुधबार...
काठमाडौं, असार १७ : जाजरकोट र म्याग्दीमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।
जाजरकोटको बारेकोट गाउँपालिका-५ घाटबजारस्थित सडकमा को३७प ५०३७ नम्बरको मोटरसाइकल बुधबार दिउँसो दुर्घटना हुँदा त्यसमा सवार सोही ठाउँ बस्ने ६० वर्षीया कृष्णा देवी शाहीको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा उपचारको क्रममा मृत्यु भएको हो। चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै म्याग्दीको मंगला गाउँपालिका–२ सिमलचौर मिठौलास्थित सडकमा ग१ज ७६५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ।
मत्यु हुनेमा बेनी नगरपालिका-५ बस्ने २० वर्षीया सबिना भण्डारी र मंगला गाउँपालिका–१ पूर्णगाउँ बस्ने १३ वर्षीय बिमल बिक छन्। उनीहरुको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका चालकसमेत ६ जनामध्ये २ जनाको सोही अस्पतालमा र अन्य ३ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ भने १ जना उपचार पश्चात डिस्चार्ज भएका छन्।
दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।











