Kathmandu Press

राष्ट्रपतिलाई डाभोस बैठकबारे जानकारी

काठमाडौँ, माघ १३- राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । 

....
राष्ट्रपतिलाई डाभोस बैठकबारे जानकारी

काठमाडौँ, माघ १३- राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । 

त्यस अवसरमा उनीहरुबीच स्वीट्जरल्याण्डको डाभोसमा हालै सम्पन्न विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागिता एवं स्वीट्जरल्याण्डसँगको आपसी हित तथा अन्य समसामयिक विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडालगायत वरिष्ठ सरकारी अधिकारीको उपस्थिति थियो ।

प्रकाशित मिति: १९:१९ बजे, आइतबार, माघ १३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्