Kathmandu Press

लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा चारजना पक्राउ 

काठमाडौं, असार १७ : प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको छ। उनीहरूमध्ये दुईजना झापाबाट पक्राउ परेका हुन् भने पर्सा र बाग्लुङका एकएकजना...
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा चारजना पक्राउ 

काठमाडौं, असार १७ : प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको छ। उनीहरूमध्ये दुईजना झापाबाट पक्राउ परेका हुन् भने पर्सा र बाग्लुङका एकएकजना छन्।

झापाको कमल गाउँपालिका-३ स्थित केर्खा बजारबाट ८८ ग्राम अवैध लागूऔषध खैरो हेरोईनजस्तो देखिने लेसाईलो पदार्थसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहमा मेचीनगर नगरपालिका–१५ बस्ने २० वर्षीय सुवास मेचे र वडा १० बस्ने २५ वर्षीय सुरज लामिछाने छन्।

ईलाका प्रहरी कार्यालय दमक र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटीएको संयुक्त प्रहरी टोलीले मे१ह ५९९० नम्बरको टेम्पोलाई जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। 

त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका-१७ आइसिपी गेटनजिकबाट ५ ग्राम १ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित भारत विहार धुपुवाटोल बस्ने ३५ वर्षीय मन्टु पण्डित कुम्हाललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनलाई  पक्राउ गरेको हो। 

बाग्लुङको निसीखोला गाउँपालिका-६ भिवाङ बस्ने ५६ वर्षीय कुम बहादुर बुढालाई करिब २ केजी २ सय ग्राम अवैध लागूऔषध चरेशसहित बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

कुमबहादुरको घरसँगै जोडिएको टहरोमा चरेश लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय वाग्लुङ र ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कुम बहादुरलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। 

सबै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १४:३१ बजे, बिहीबार, असार १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्