‘कालीगण्डकी डाइभर्सन’ सधैंका लागि बन्द गर्न सरकारसँग आग्रह
काठमाडौं, असार १७ : ‘कालीगण्डकी बचाऔं अभियान’ ले गण्डकी सभ्यताको जैविक विविधता र मानवीय सभ्यतामा संकट निम्त्याउने भन्दै ‘कालीगण्डकी डाइभर्सन’ परियोजना सधैंका लागि...
काठमाडौं, असार १७ : ‘कालीगण्डकी बचाऔं अभियान’ ले गण्डकी सभ्यताको जैविक विविधता र मानवीय सभ्यतामा संकट निम्त्याउने भन्दै ‘कालीगण्डकी डाइभर्सन’ परियोजना सधैंका लागि रोक्न सरकारसँग माग गरेको छ।
अभियानले आज (बिहीबार) ले एक प्रेस विज्ञप्ति जारी गर्दै विनाशकारी परियोजना तत्काल रोक्न माग गर्नुका साथै उक्त नदीमा गैरकानुनी दोहन रोक्न तत्काल प्रभावकारी कदम चाल्न र पानीजहाज सञ्चालनको कुरा रोक्न पनि आग्रह पनि गरेको छ।
कालीगण्डकी नदीकै नामबाट प्रदेशको नामकरण हुनुले पनि नदी र यो सभ्यताको अन्योन्याश्रित सम्बन्धलाई प्रस्ट पार्ने स्पष्ट पार्दै सिङ्गो नदीलाई अर्कोतर्फ मोड्ने परियोजना गण्डकीवासीको आस्था र संस्कृतिमाथिको खेलबाड भएको विज्ञप्तिमा उल्लेख छ।
‘नदीलाई नदीकै बाटोमा हिँड्न नदिँदाको परिणाम हामी अहिले पनि देखिरहेका छौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘तसर्थ, कालीगण्डकीको वैज्ञानिक र व्यवस्थित उपयोगसँगै नद िसभ्यता जोगाउन एकजुट हुनुको विकःप छैन।’ नदी सभ्याता, पर्यावरण को पक्षमा सबै सचेत नागरिकलाई आवाज बुलन्द गर्न अभियानले अपिल गरेको छ।
पर्वत, बाग्लुङ, पाल्पा जिल्लाका स्थानीय तथा अभियन्ता ‘कालीगण्डकी बचाऔं’ भन्दै आन्दोलनरत छन्।
हेर्नुहाेस् विज्ञप्ति












