Kathmandu Press

बी.पी. कोइराला अध्ययन तथा अनुसन्धान केन्दको भवन शिलन्यास 

काठमाडौं, असार १४ : जननायक बी.पी. कोइराला स्मृति ट्रष्टले बी.पी. कोइराला अध्ययन तथा अनुसन्धान केन्दको स्थापना गर्ने भएको छ । ट्रष्टले आज राजधानीमा...
बी.पी. कोइराला अध्ययन तथा अनुसन्धान केन्दको भवन शिलन्यास 

काठमाडौं, असार १४ : जननायक बी.पी. कोइराला स्मृति ट्रष्टले बी.पी. कोइराला अध्ययन तथा अनुसन्धान केन्दको स्थापना गर्ने भएको छ । ट्रष्टले आज राजधानीमा एक कार्यक्रममा बीच केन्दको भवनको शिलान्यास गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री श्री शेरबहादर देउवाले राष्ट्रवादी नेता बी.पी.कोइरालाको राजनीति तथा साहित्यबारे अनुसन्धान तथा अध्ययन गर्ने चाहने जो कोहीलाई पनि केन्द्र महत्वपूर्ण हुने बताए ।

यस्तै, अतिथि नेपाली काँग्रेसका महामन्त्री तथा बी.पी. ट्रष्टका सदस्य श्री शशांक कोइरालाले बी.पी.कोइरालाबारे अध्ययन अनुसन्धान गर्न चाहने नेपालीलाई मात्र नभई विदेशी अनुसन्धान तथा शोधकर्ता समेतलाई यो भवन उपयोगी बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममाथि प्रकाश पार्दै जननायक बी.पी. कोइराला स्मृति ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले अध्ययन तथा अनुसन्धान केन्द्रबाट बीपी कोइराला र नेपालको प्रजातान्त्रिक आन्दोलनबारे जिज्ञासु देश÷विदेशका सबैले चाहेजति सूचना तथा जानकारी पाउने बताए । कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी लगायतको सहभागिता रहेको थियो ।

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय, बागमती प्रदेश तथा काठमाडौं महानगरपालिकाको सहयोगमा करिब नौ करोडको बजेटमा अति सुविधा सम्पन्न अध्ययन केन्द्र निर्माण हुने भवन लगभग दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

प्रकाशित मिति: २०:२६ बजे, बुधबार, असार १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्