Kathmandu Press

सरस्वती प्रधानले दिइन् रुपा सुनारविरुद्ध उजुरी

काठमाडौं, १६ असार : जातका कारण कोठा भाडामा नदिएको आरोप खेप्दै आएकी बबरमहलकी घरबेटी सरस्वती प्रधानले रुपा सुनारविरुद्ध उजुरी दिएकी छन्।उनले आफूलाई षड्यन्त्रमूलक...
सरस्वती प्रधानले दिइन् रुपा सुनारविरुद्ध उजुरी

काठमाडौं, १६ असार : जातका कारण कोठा भाडामा नदिएको आरोप खेप्दै आएकी बबरमहलकी घरबेटी सरस्वती प्रधानले रुपा सुनारविरुद्ध उजुरी दिएकी छन्।

उनले आफूलाई षड्यन्त्रमूलक ढंगले फसाइएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा आज (बुधबार) उजुरी दिएकी हुन्। दलित भएकै कारण कोठा नदिएको भन्दै रूपाले प्रहरीमा उजुरी गरेपछि प्रधान पक्राउ परेकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले उनलाई तीन दिन हिरासतमा राखेको थियो।

उनले आफूले जातीय विभेद एवं छुवाछूतको व्यवहार नगरेको दाबी गरेकी छन्। उनले आफूमाथि षड्यन्त्र गरी प्रहरीमा थुनाउने रुपा सुनारलाई हदैसम्मको कारबाही हुनुपर्ने माग राखेकी छन्।

घरबेटी प्रधानले रुपालाई कोठा खोज्न सघाउने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छन्।

निषेधाज्ञाको समयमा पिसिआर रिपोर्टबिना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, आपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरीबेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएकोलगायत  आरोप रुपामाथि लगाएकी छन्।

‘रूपाले पत्रकार प्रमाणपत्रको दुरुपयोग गरेको उनको आरोप छ। उनले आफू घरधनी नभए पनि घरधनी भनी झुटो आरोप लगाई जालसाजी गरेर मानव अधिकार हनन गरिएको उजुरीमा उल्लेख छ।

प्रकाशित मिति: १७:३१ बजे, बुधबार, असार १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्