थप २८९२ जनामा कोरोना संक्रमण पुष्टि, ४१ को मृत्यु
पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ भने ३५९७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
काठमाडौं, असार १६ : पछिल्लो २४ घण्टामा २,८९२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
यसअघि मंगलबार २,६३६ जनामा संक्रमण पुष्टि भएको थियो । जबकी सो दिन ११ हजार ७४८ जनाको परीक्षण भएको थियो । आज भने मंगलबारको भन्दा केही कम अर्थात ११ हजार ५६८ जनामा परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ३,५९७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
देशभरमा ३३,५६१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित मिति: १६:३७ बजे, बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











