Kathmandu Press

पर्सामा ३० प्रतिशत धान रोपाइँ सम्पन्न

पर्सा, असार १६ : वर्षा ऋतुको आगमनसंगै मनसुनको झरीमा रमाउँदै हिलाम्य खेत, हाथभरी धानको बेर्ना लिएर एकहुल महिला असारे गीत गाउँदै धान रोप्नमा व्यस्त...
पर्सामा ३० प्रतिशत धान रोपाइँ सम्पन्न

पर्सा, असार १६ : वर्षा ऋतुको आगमनसंगै मनसुनको झरीमा रमाउँदै हिलाम्य खेत, हाथभरी धानको बेर्ना लिएर एकहुल महिला असारे गीत गाउँदै धान रोप्नमा व्यस्त छिन्। 

अकाशभरी छिटपुट पानी परिरहेको छ। ती झरीमा महिलाहरु आफ्नो कोकिल कण्ठले सुरिलो गीत गाउँदै धान रोप्नमा व्यस्त देखिन्छ। यस्ता दृश्यले जो कोहीलाई पनि आफूतिर आकर्षित गरिरहेका छन्।

Hardik ivf

मध्यतराईको अन्नको भण्डार मानिने पर्सा, बारा र रौतहटलगायत जिल्लामा यो वर्ष समयमै मनसुन प्रवेश गरेपछि किसान गण्डक नहरको पानीको भर नपरी अकाशे पानीले समयमै वेर्ना लगाएका छन्। जगरनाथपुरका किसान हरिदेवले  गण्डक नहरमा समयमा पानी नआउँदा मनसुने पानीको भरमा समयमै बेर्ना लगाइएकाले यसपाली धानको उत्पादन राम्रो हुने विश्वास व्यक्त गरे। 

केही दिन यता मनसुन सक्रिय भई पानी परेकाले समयमा धानको बेर्ना लगाएपछि यसपाली मानो रोपेर मुडी उव्जाउने किसानको सपना साकार हुने देखिन्छ । उत्पादन राम्रो हुने देखेपछि यहाँका किसान खुशी भएका छन्। किसान मनोज साहले भने, ‘मनसुनी वर्षाका कारण यो वर्ष सोचेभन्दा बढी उत्पादन हुने हुँदा किसान खुशी देखिएका छन् ।’  

पर्सामा हालसम्म ३० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। समयमै धान रोपाइँ सम्पन्न हुँदा यो वर्ष जिल्लामा २५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्साका अधिकृत सुरेश प्रसादले बताए। पर्सामा कूल ४६ हजार ६ सय हेक्टर ,बारामा ६० हजार ४३० हेक्टर तथा रौतहटमा ३८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। 

यसवर्ष समयमै मनसुनी वर्षा भएकाले तराईका जिल्लाहरुमा चाडै नै धान रोपाइँ सकिने र यही अवस्था रहेमा उत्पादन पनि राम्रो लिन सकिने विश्वास सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रले जनाएको छ। 

उर्वरभूमि, पर्याप्त जनशतिm र सिंँचाइको ठूलो स्रोत हुँदाहुदै पनि विगतका वर्षहरुमा पानीको अभावका कारण समयमा धान रोपाइँ हुन नसक्दा उत्पादनमा कमी आउने गरेको थियो।

प्रकाशित मिति: १५:२३ बजे, बुधबार, असार १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्